अमेरिकी राजदूत थम्पसनको प्रधानमन्त्री कार्कीसँग भेट, ट्रम्पले फिर्ता बोलाएपछि नेपालबाट फर्किंदै

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुस पहिलो साता थम्पसनसहित विभिन्न ३० देशमा कार्यरत राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेका थिए । थम्पसन २०७९ कात्तिक पहिलो सातादेखि नेपालमा राजदूतका रुपमा कार्यरत छन् ।

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बिदाई भेट गरेका छन् ।

थम्पसनले सोमबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाई भेट गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुस पहिलो साता थम्पसनसहित विभिन्न ३० देशमा कार्यरत राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेका थिए । थम्पसन २०७९ कात्तिक पहिलो सातादेखि नेपालमा राजदूतका रुपमा कार्यरत छन् ।