सेयर बजार बढ्यो, कारोबार रकममा सुधार हुँदा ५ कम्पनीमा सकारात्मक सर्किट

उत्पादनमुलक समुहमा रहेको सागर डिस्टिलरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सागरसँगै एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर छन् । बढेको बजारमा सबैभन्दा धेरै सप्तकोशी विकास बैंकको २.४९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

काठमाडौ । सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज(नेप्से) सोमबार दोहोरो अकले बढेको छ । गत बिहीबार र हिजो आइतबार दुई दिन घटेको नेप्से सुचक सोमबार भने बढेको हो । सोमबार नेप्से २८.७३ अंकले बढेर २६३९.३७ अंकमा पुगेको छ । बढेको बजारमा २१४ कम्पनीको सेयर मूल्य बढ्दा ३७ को भने घटेको छ। त्यस्तै ८ कम्पनिको सेयर मूल्य भने स्थिर छ । 

सोमबार नेप्से सगै कारोबार रकममा सुधार आएको छ । आइतबार ५ अर्ब १ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ४७ करोड रुपैया बराबरको सेयर किनबेच भएको छ । सोमबार उत्पादन तथा प्रशोधन समूहमा आकर्षण देखिएको छ र सबैभन्दा धेरै ३.०५ प्रतिशत बढेको छ । सोमबार बैंकिङ ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा ०.४२, अन्य ०.७८ तथा व्यापार ०.२२ प्रतिशत बढे ।

उत्पादनमुलक समुहमा रहेको सागर डिस्टिलरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  सकारात्मक सर्किट लाग्नेमा सागरसँगै एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर छन् । बढेको बजारमा सबैभन्दा धेरै सप्तकोशी विकास बैंकको २.४९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सोमबार शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार, एसवाई प्यानल, श्रीनगर एग्रिटेक र सागर डिस्टिलरीमा लगानीकर्ता झुम्मिएका छन् ।