एनआईसी एशिया बैंकले काठमाडौं र ललितपुरका १७ वटा शाखालाई मर्ज गरेर ७ वटा बनाउने

२०८३ वैशाख ३ गतेदेखि एक आपसमा समायोजन गरी गाभिएका शाखाबाट कारोवार सञ्चालन गर्ने र ति कार्यालयबाट सम्पूर्ण बैंकिङ सेवा सुविधाहरु लिन सकिने बैंकले जनाएको छ ।

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौं र ललितपुरमा रहेका १७ वटा शाखा मर्ज गरेर ७ वटा कायम गर्ने भएको छ ।

बैंकले काठमाडौंको नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर र बागबजारमा रहेका शाखा मर्ज गरेर कमलादीमा शाखा सञ्चालन गर्ने भएको छ । यी शाखाको दुरी ६ सय मिटरदेखी १.५ किलोमिटरसम्म रहेको छ ।

यस्तै काठमाडौंकै बोहोराटार, माछापोखरी र ढुंगेधारा–नर्संरी चोकको शाखा मर्ज गरेर बालाजु शाखा सञ्चालन गर्ने भएको छ । यसको दुरी ९ सय मिटरदेखि १.९ किलोमिटरसम्म रहेको छ ।

यस्तै न्यूरोड खिचापोखरी, भोटाहिटी र किलागल शाखा मर्ज गरेर न्यूरोड विशालबजार शाखा सञ्चालन गर्ने जनाएको छ । यसको दुरी ३ सय देखि ५ सय मिटर रहेको छ । यस्तै ललितपुर जिल्लामा रहेको लगनखेल र मंगलबजारको शाखा मर्ज गरेर जावलाखेल शाखा कायम गर्ने भएको छ । यसको दुरी १७ सय मिटर देखि २ किलोमिटरसम्म रहेको छ ।

यस्तै सानेपा शाखा पुल्चोकमा, ग्वार्को र खुमलटार शाखा मर्ज भएर सातदोबाटो र खोकना शाखा भैसेपाटी कायम हुने जनाइएको छ । यी शाखा कार्यालय २०८३ वैशाख ३ गतेदेखि एक आपसमा समायोजन गरी कारोवार सञ्चालन गर्ने बैंकले जनाएको छ ।

यी शाखाका ग्राहकले समायोजन भई सञ्चालनमा रहने शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ सेवा सुविधाहरु लिन सकिने बैंकले जनाएको छ ।



प्रकाशन भएका दस्तावेजहरू

695b5c0663416_1767595014.pdf