सुनको मुल्य एकैदिन ४६०० ले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौ । पुस २१ गते सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ । आज सुनको मूल्य एकै दिन प्रतितोला ४ हजार ६०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।