घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार?

आज सुनको मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य ४ हजार ५०० रुपैयाँ कायम भएको छ।

काठमाडौ‌ । आज(आइतबार) सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ भने शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ४ हजार ५०० रुपैयाँ कायम भएको छ भने शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।