रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड, ५ लाख ३३ हजार आवेदकमध्ये १८ हजार ४७७ जनाले पाए ५० कित्ता

रिलायन्स स्पिनिङ मिल्सको सेयर १८ हजार ४ सय ९५ जनाले पाएका छन् । त्यसमध्ये १८ हजार ४ सय ७७ जनालाई ५०-५० कित्ता र १८ जनालाई ५१-५१ कित्ता सेयर परेको छ ।

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड भएको छ । गत पुस ७ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको आईपी शुक्रबार बाँडफाँड गरिएको हो ।

जसअनुसार कुल १८ हजार ४ सय ७७ जनालाई ५०-५० कित्ता र १८ जनालाई ५१-५१ कित्ता सेयर परेको छ । कुल ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएकामा ५ लाख १९ हजार ४६ जना योग्य आवेदन थिए । उनीहरूमध्ये १८ हजार ४ सय ९५ जनाले सेयर पाएका हुन् । सेयर पाउनेको विवरण केहीबेरमा हेर्न सकिनेछ ।