विहीबार तेस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महास‌घकाअन्सार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल चार हजार ४१५ रुपैयाँ कायम भएको छ ।

काठमाडौ‌ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महास‌घकाअन्सार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल चार हजार ४१५ रुपैयाँ कायम भएको छ । मंगलबार र बुधबार गरि सुनको मूल्य प्रतितोला ९ हजार रुपैयाँ घटेको थियो ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रु चार हजार ४७० मा कारोबार भएको थियो ।