बिहीबारको विनिमय दर : अमेरिकी डलरको भाउ बढ्दा युरो र पाउण्ड सस्तियो
सन् २०२६ को पहिलो दिन अमेरिकी डलरको भाउ बढ्दा युरो र पाउण्ड स्टर्लिङ घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १४३.५० रुपैयाँ रहँदा बिक्री दर १४४.१० रुपैयाँ छ । बुधबार अमेरिकी डलर एकको खरिद दर १४३.३७ रुपैयाँ र बिक्री दर १४३.९७ रुपैयाँ थियो ।
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सन् २०२६ को पहिलो दिन अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरो र युके पाउण्ड स्टर्लिङ घटेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १४३.५० रुपैयाँ रहँदा बिक्री दर १४४.१० रुपैयाँ छ । बुधबार १ अमेरिकी डलर एकको खरिद दर १४३.३७ रुपैयाँ र बिक्री दर १४३.९७ रुपैयाँ थियो ।
यस्तै, युरोपियन युरो एकको खरिद दर आज १६८.४८ रुपैयाँ कायम भएको छ । बिक्री दर १६९.१९ रुपैयाँ छ । बुधबार युरोपियन युरो एकको खरिद दर १६८.७७ रुपैयाँ र बिक्री दर १६९.४७ रुपैयाँ थियो ।
आज युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १९३.०० रुपैयाँ र बिक्री दर १९३.८१ रुपैयाँ रहेको छ । हिजो पाउण्ड स्टर्लिङ एकको खरिद दर १९३.७६ रुपैयाँ र बिक्री दर १९४.५७ रुपैयाँ थियो ।
स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ९४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०५ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ८ पैसा र बिक्रीदर ४६८ रुपैयाँ २ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७३ पैसा बिक्रीदर ३७४ रुपैयाँ २९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।