अर्थतन्त्र उकास्न महासङ्घको सर्वपक्षीय राष्ट्रिय संवाद, प्रधानमन्त्रीसहित राजनीतिक दलहरु सहभागी हुने

संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् । संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको छ ।

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघ सर्वपक्षीय राष्ट्रिय संवाद गर्ने भएको छ ।

शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आयोजना हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने महासंघले जनाएको छ ।

संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।

संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ ।