तीन तहको सरकारसँग १८८ अर्ब नगद मौज्दात तर, सञ्चित कोष भने १०९ अर्बले ऋणात्मक
आर्थिक वर्ष २०८१/८२ को संघ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरणमा संघ, प्रदेश र स्थानीय सरकार र बजेट प्रणाली बाहिर (एक्स्ट्रा बजेटरी) का विभिन्न कोषको मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात एक खर्ब ८८ अर्ब ९४ करोड ५८ लाखले धनात्मक देखिएको हो ।
काठमाडौं । तीन तहको सरकारसँग एक खर्ब ८८ अर्ब नगद मौज्दात छ ।
महालेखा नियन्त्रक कार्यालयले पेश गरेको गत आर्थिक वर्ष २०८१/८२ को संघ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरणमा संघ, प्रदेश र स्थानीय सरकार र बजेट प्रणाली बाहिर (एक्स्ट्रा बजेटरी) का विभिन्न कोषको मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात एक खर्ब ८८ अर्ब ९४ करोड ५८ लाखले धनात्मक देखिएको हो ।
तर, सरकारको सञ्चित कोष भने ऋणात्मक छ ।
आर्थिक वर्ष २०८१÷८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारहरूको एकीकृत वित्तीय विवरण महालेखा नियन्त्रक शोभाकान्त पौडेलले छुट्टाछुट्टै रुपमा अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखापरीक्षकको कार्यालयमा महालेखापरीक्षक तोयम रायालाई सोमबार बुझाएको प्रतिवेदनमा आव २०८१/८२ मा संघ, प्रदेश र स्थानीय सरकारको सञ्चित कोषमा एक खर्ब आठ अर्ब ९९ करोड छ लाखले ऋणात्मक रहे तापनि नगद अवस्था भने एक खर्ब चार अर्ब १३ करोड ८४ लाखले धनात्मक रहेको उल्लेख छ ।