भदौ २३ गते घुसपैठियाका कारण दुःखद घटना, २४ गते अपराधिक विध्वंस, नैतिक जिम्मेवारी लिएरै राजीनामा दिएको हुँः रमेस लेखक
कुनै हताहति नहोस्, कुनै व्यक्तिको ज्यान जाने अवस्था नआओस् । यसबारेमा सबै सचेत रहनुहोस्, सावधानी अपनाउनुहोस् । शान्ति–सुरक्षाको समन्वयात्मक व्यवस्थापनबारे थियो । लेखकले सुरक्षा निकायलाई आपसी समन्वयमा उचित सुरक्षाको व्यवस्था मिलाउन भनेको हो ।
काठमाडौं । जेन-जी आन्दोलनको बेलाका गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ को घटनालाई अलग ढंगले विश्लेषण गर्नुपर्ने बताएका छन् ।
जाँचबुझ आयोगलाई दिएको लिखित बयानमा लेखकले जेनजीको जायज आन्दोलनमा पसेर घुसपैठियाले संसद भवन जलाउन खोज्दा दुःखद घटना भएको र आफूले नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको समेत स्मरण गराएका छन् । लेखकले २४ गतेका घटनालाई अपराधिक विध्वंश र नियोजित षडयन्त्र भनेका छन् ।
लेखकका अनुसार पहिलो निर्देशन-प्रदर्शनका क्रममा कुनै मानवीय क्षति नहोस् भन्ने थियो । 'कुनै हताहति नहोस्, कुनै व्यक्तिको ज्यान जाने अवस्था नआओस्। यसबारेमा सबै सचेत रहनुहोस्, सावधानी अपनाउनुहोस्,' उनले बयानमा भनेका छन् । दोस्रो निर्देशन शान्ति–सुरक्षाको समन्वयात्मक व्यवस्थापनबारे थियो । लेखकले सुरक्षा निकायलाई आपसी समन्वयमा उचित सुरक्षाको व्यवस्था मिलाउन अनुरोध गरेका थिए ।