१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम खुम्चिँदा एसवाई प्यानलमा झुम्मिए लगानीकर्ता
कारोबारमा विकास बैंक समूह सूचक बढेको छ भने बाँकी सबै समूह सूचक घटेका छन् । कारोबारमा एसवाई प्यानलको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्ला ३ कारोबार दिनदेखि बढीरहेको नेप्से सोमबार भने घटेर बन्द भएको हो ।
काराबारको सुरुदेखि नै आएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । सेयर बजार मापन गर्ने सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.५३ अंकले घटेर २६२२.८८ बिन्दुमा झरेको छ ।
३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँको किनबेच भएको छ । कारोबारमा ८५ कम्पनीको मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ ।
कारोबारमा विकास बैंक समूह सूचक बढेको छ भने बाँकी सबै समूह सूचक घटेका छन् । कारोबारमा एसवाई प्यानलको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, एसवाई प्यानलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
मन्जु श्री फाइनान्सको १७ करोड ९४ लाख, शिवम् सिमेन्टको १३ करोड १२ लाख, ङादी ग्रुप पावरको ११ करोड ९८ लाख, हिमालयन रि इन्स्योरेन्सको १० करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।