उच्च मूल्यबाट ६ सय घट्यो सुन, चाँदीले नयाँ मूल्य पछ्याउने क्रम जारी

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेर पुनः नयाँ रेकर्ड बनाएको छ । सोमबार सुन ६ सय रुपैयाँले घटेको छ । आईतबारको बजारमा सुनको मूल्यले ऐतिहासिक उचाईमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।