अधिक तरलता भएपछि राष्ट्र बैंकले जारी गर्यो २५ अर्बको एक वर्षे ऋणपत्र, बोलकबोलबाट ब्याजदर तोकिने

लामो समयदेखी वित्तीय क्षेत्रमा अधिक तरलताको स्थिति छ । हाल बैंक तथा वित्तिय संस्थामा साढे ७ खर्ब बराबरको तरलता रहेको अनुमान छ । बजारमा ऋण माग नहुँदा तरलता वित्तीय क्षेत्रमा थुप्रिएको र राष्ट्र बैंकले अल्पकालिन विधि मात्र अपनाउँदा तरलता ब्यवस्थापनमा समस्या भइरहेको थियो ।

काठमाडौं । वित्तीय अधिक तरलता (लगानीयोग्य रकम) भएपछि नेपाल राष्ट्र बैंकले सोमबार २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बण्ड) जारी गरेको छ । यो ऋणपत्रको अवधिक एक वर्षको हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोल बिधिबाट ब्याजदर तय हुने ऋणपत्रका लागि आज २ बजेसम्मको समय दिइएको छ । नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ नाम दिइएको उपकरण खरिदका लागि न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी मात्र माग गर्न सकिने छ । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने उपकरण खरिद बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन्

काउण्टर पार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अंकसम्म) उल्लेख गर्नुपर्ने सूचनामा उल्लेख छ । बण्डको ब्याजदर गोप्य बोलकबोलबाट निर्धारण गरिनेछ । यसरी गोप्य बोलकबोलबाट प्राप्त भएको ब्याजदरबाट औषत ब्याजदरमा राष्ट्र बैंकले पैसा राख्नेछ । 

लामो समयदेखी वित्तीय क्षेत्रमा अधिक तरलताको स्थिति छ । हाल बैंक तथा वित्तिय संस्थामा साढे ७ खर्ब बराबरको तरलता रहेको अनुमान छ । बजारमा ऋण माग नहुँदा तरलता वित्तीय क्षेत्रमा थुप्रिएको र राष्ट्र बैंकले अल्पकालिन विधि मात्र अपनाउँदा तरलता ब्यवस्थापनमा समस्या भइरहेको थियो । तररलता ब्यवस्थापनका लागि ल्याइएको नयाँ विधिले वित्तीय क्षेत्रमा केही राहत मिल्ने अपेक्षा गरिएको छ । राष्ट्र बैंकले तरलता प्रशोचनका ८ वर्षपछि फेरी यो उपकरण प्रयोगमा ल्याएको हो । यसअघि २०७४ मा पनि अधिक तरलता भएपछि बजारबाट यसरी पैसा तानिएको थियो ।

राष्ट्र बैंकले वित्तिय स्थायित्वका लागि चालु वर्षको मौद्रिक नीतिमै स्थायी निक्षेप सुविधाको उपकरण संचालन गर्ने नीति लिएअनुरुप यो सुविधा प्रयोगमा ल्यएको हो । यस्तो बण्ड २ खर्बसम्म प्रयोग गर्न सक्ने राष्ट्र बैंकको लक्ष्य छ । बण्ड जारी गर्नका लागि राष्ट्र बैंकमा डेपुटी गभर्नरको नेतृत्वमा एक समिति रहेको छ । सो समितिको सिफारिसमा ऋणपत्र जारी गरिनेछ ।