प्रधानमन्त्री कार्कीले तीन शीर्षदलका नेताहरु देउवा, ओली र दाहालसँग छलफल गर्दै

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालसँग छलफल गर्न लागेकी हुन् । छलफल दिउँसो ४ बजे हुने बताइएको छ ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी  (नेकपा)का संयोजक पुष्पकमल दाहालसँग छलफल गर्न लागेकी हुन् । छलफल दिउँसो ४ बजे हुने बताइएको छ ।

यसअघि शुक्रबार सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र  नेकपा संयोजक दाहाललाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।