ट्राफिक प्रहरीले चोरी भएका ६० मोटरसाइकल र स्कुटर फिर्ता गर्यो
विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी ट्राफिक प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको हो ।
काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर सम्वन्धित सवारीधनीलाई फिर्ता गरेको छ ।
विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी ट्राफिक प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता मात्रै १८१ वटा सवारीसाधन सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको जनाएको छ । यसअवधिमा चोरीका १३ वटा दुईपाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न २५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।