प्रभु बैंकको सीईओ शेरचन हाजिरी जमानीमा छुटे

मंसीर १४ गते पक्राउ परेका शेरचन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा थिए । स्वास्थ्यमा समस्या देखिएपछि शेरचन केही दिनदेखी चीरायू अस्पतालमा उपचाररत छन् ।

काठमाडौ । प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनलाई विशेष सरकारी वकिलको कार्यालयले आज हाजिरी जमानीमा छोडेको छ ।

मंसीर १४ गते पक्राउ परेका शेरचन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा थिए । स्वास्थ्यमा समस्या देखिएपछि शेरचन केही दिनदेखी चीरायू अस्पतालमा उपचाररत छन् ।

सीआईबीले पछिल्लो समय प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट फन्डको गैरकानुनी कारोबारबारे अनुसन्धान गरिरहेको छ ।