हुन्डाई नेपालले ल्यायो ‘विन्टर डिलाइट’ अभियान, ५ लाखसम्मको छुट र एक लाखसम्म नयाँ वर्ष बोनस
२५ डिसेम्बर २०२५ देखि चल्ने “विन्टर डिलाइट” अभियान अन्तर्गत, ग्राहकहरुले ५ लाखसम्मको छुट र छानिएको मोडलहरूमा १ लाख सम्मको नया वर्ष बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लिले “हुन्डाई विन्टर डिलाइट” अभियान सुरु गरेको छ ।
२५ डिसेम्बर २०२५ देखि चल्ने “विन्टर डिलाइट” अभियान अन्तर्गत, ग्राहकहरुले ५ लाखसम्मको छुट र छानिएको मोडलहरूमा १ लाख सम्मको नया वर्ष बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै, १ वर्षको नि:शुल्क बीमा सेवा र नि:शुल्क सडक करको पनि लाभ लिन सकिनेछ ।
हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई-भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको नि:शुल्क सर्भिसिङ उपलब्ध छ, जसले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
देशभर रहेका हुन्डाई शोरूमहरूमा उपलब्ध यी सीमित अवधिका अफरहरूको भरपूर लाभ लिन हुन्डाई नेपाल आफ्ना ग्राहकहरूलाई हार्दिक आमन्त्रण गर्दछ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिद्वारा संचालित यस योजनाले आकर्षक छुट र सुविधाहरु मार्फत ग्राहकहरुलाई हर्ष र उमङ्ग बाँड्ने प्रयास गरेको छ । विगतमा जस्तै भविष्यमा पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले सदैव आफ्ना ग्राहक प्रति सहज सुविधा र मैत्री अनुभव प्रदान गर्ने दृढ संकल्प लिएको छ ।