क्लब चौलानीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल

२०६५ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको क्लब चौलानी २०८१ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । यसले सुदूरपश्चिम प्रदेशमा पाँच तारे होटल स्थापना गर्न लागेको छ ।

काठमाडौं । क्लब चौलानीले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा गरिमा क्यापिटललाई नियुक्त गरेको छ ।

क्लब चौलानी र गरिमा क्यापिटलबीच मंगलबार आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा क्लब चौलानीका तर्फबाट अध्यक्ष राजेन्द्र केसी र गरिमा क्यापिटलबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरे

२०६५ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको क्लब चौलानी २०८१ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । यसले सुदूरपश्चिम प्रदेशमा पाँच तारे होटल स्थापना गर्न लागेको छ । क्लब चौलानीले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने रकम सर्वसाधारणको लागि निष्कासन गर्ने जनाएको छ ।