सुन–चाँदीको मूल्य बढेको बढ्यै, कतिमा भइरहेको छ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । बुधबार पनि सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा १६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आजको बजारमा चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।