चिलिमे हाइड्रोपावरद्धारा १२ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा ८ प्रतिशत बोनस सेयर र करसहित ४ प्रतिशत नगद लाभांश रहेको छ ।

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा ८ प्रतिशत बोनस सेयर र करसहित ४ प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीले पुस ३० गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभासभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।