नेपाल टेलिकमले ३० प्रतिशत लाभांश दिने, बोलायो पुस ३० गते साधारणसभा
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतशितका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांश पारित गर्न कम्पनीले पुस ३० गते साधारणसभा बोलाएको छ ।
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतशितका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांश पारित गर्न कम्पनीले पुस ३० गते, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा १८ औँ वार्षिक साधारणसभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।