नेप्सेले ८५ प्रतिशत नगद लाभांश दिने, साधारणसभा पुस २९ गते
नेप्सेको हाल चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । गत वर्ष नेप्सेले ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लाभांश प्रस्ताव पारित गर्न नेप्सेले पुस २९ गते साधारणसभा बोलाएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरधनीलाई चुक्ता पुँजीको ८५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
नेप्सेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८५ प्रतिशत (कर प्रयोजनसहित) प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । नेप्सेको चुक्ता पुँजी हाल १ अर्ब रुपैयाँ छ । गत वर्ष नेप्सेले ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
लाभांश प्रस्ताव पारित गर्न नेप्सेले पुस २९ गते साधारणसभा बोलाएको छ । सरकारको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्रतिफल पाउनेछन् ।
नेप्सेमा सरकारको ५८.६६ प्रतिशत सेयर छ । यस्तै नेपाल राष्ट्र बैंकको ९.५, कर्मचारी सञ्चय कोषको १०, राष्ट्रिय वाणिज्य बैंकको ११.२३ तथा लक्ष्मी र प्रभु बैंकको ५/५ प्रतिशत सेयर स्वामित्व छ ।