एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत लाभांश दिने, बोनस सेयर र नगद कति ?
इन्स्योरेन्सकाअनुसार ४ प्रतिशतले हुन आउने १० करोड २६ लाख ८ हजार ९७८ रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने ७ करोड ६९ लाख ५६ हजार ७३३ रुपैयाँ नगद लाभांश दिइने छ ।
काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सको सञ्चालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
इन्स्योरेन्सकाअनुसार ४ प्रतिशतले हुन आउने १० करोड २६ लाख ८ हजार ९७८ रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने ७ करोड ६९ लाख ५६ हजार ७३३ रुपैयाँ नगद लाभांश दिइने छ । कम्पनीको हाल चुक्ता पुँजी २ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ छ ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रतिफल पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।