अपि पावर कम्पनीद्धारा ५ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने
सोमबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र त्यसपश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
काठमाडौं । अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले घोषणा गरेको हो ।
कम्पनीले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । लाभांश पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
लाभांश घोषणा गरेको कम्पनीले पुस २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने भएको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनी तोकेको लाभांश पाउनेछन् ।