एसआरएम ब्रान्डको ७ सिटर विद्युतीय भ्यानको मूल्य ३९ लाख, नेपालमा विक्री सुरु

भ्यान कर्पोरेट हाउस, होटल, स्कुल लगायतलाई उपयोगी हुने कम्पनीको विश्वास छ । नेपालभर कम्पनीका ७५ वटा चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टर छन् ।

काठमाडौं । नेपाली बजारमा एसआरएम ब्रान्डको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरिएको छ।

नेपालका लागि एसआरएमको अधिकृत विक्रेता भीजी मोटर्सले काठमाडौंमा एक समारोह गरी इभी भ्यान सार्वजनिक गरेको हो । ५० किलोवाटको मोटर रहेको भ्यानले ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । भ्यानको मूल्य ३९ लाख रुपैयाँ तोकिएको छ ।

भ्यान कर्पोरेट हाउस, होटल, स्कुल लगायतलाई उपयोगी हुने कम्पनीको विश्वास छ । नेपालभर कम्पनीका ७५ वटा चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टर छन् । यो भ्यानका स्पेयर पार्ट्सको मूल्य अरु इभीको तुलनामा ८० प्रतिशत कम पर्ने कम्पनीले जनाएको छ ।