सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य बढ्यो
महासंघका अनुसार आज सुन तोलाको सय रुपैयाँले घटेको हो । छपावाला सुन आज प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन तोलाको सय रुपैयाँले घटेको हो । छपावाला सुन आज प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन तोलाको २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । शुक्रबार प्रतितोला तोला ४ हजार ५ रुपैयाँमा कारोबार भएकोमा आइतबार ४ हजार १ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।