मुक्तिनाथ कृषि कम्पनीले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने, विक्री प्रवन्धकमा नेपाल लाइफ क्यापिटल

कम्पनीको हाल चुक्ता पुँजी ७५ करोड ६० लाख रुपैयाँ छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १:०.६ अनुपात अर्थात् ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको हाल चुक्ता पुँजी ७५ करोड ६० लाख रुपैयाँ छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छयस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।