बुटवल पावर कम्पनीको लाभांश घोषणा, साधारण सभा पुस २८ गते
कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनका लागि १४ गते बुक क्लोज मिति तोकिएको छ ।
काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश सेयरधनीले विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको ३३औं वार्षिक साधारण सभाबाट पारित भएपछि पाउनेछन् ।
कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनका लागि १४ गते बुक क्लोज मिति तोकिएको छ ।