सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा १५ प्रतिशत नगद लाभांश घोषणा
गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । इन्स्योरेन्सको चुक्ता पुँजी हाल २ अर्ब ६२ करोड २६ लाख २८ हजार रुपैयाँ छ ।
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
इन्स्योरेन्सको चुक्ता पुँजी हाल २ अर्ब ६२ करोड २६ लाख २८ हजार रुपैयाँ छ । संचालक समितिको निर्णय अनुसार सेयरधनीले ३९ करोड ३३ लाख ९५ हजार रुपैयाँ लाभांश पाउनेछन् ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि बुक क्लोजअघि कामय सेयरधनीले लाभांश पाउनेछन् । इन्स्योरेन्सले बुक क्लोजको मिति तोकेको छैन ।