एमाले निर्वाचनः ओलीले अध्यक्षमा ह्याट्रिक गर्दा १९ सदस्यीय पदाधिकारीमा विपक्षीलाई दुई सिट (मतसहित)

विज्ञापन
ncell

१९ सदस्यीय पदाधिकारीमा इश्वर प्यानलबाट दुई जना मात्र निर्वाचित भएका छन् । उपा्ध्यक्षमा गोकर्णराज विष्ट र उपमहासचिवमा योगेश भट्टराईले बाजी मारेका छन् । ९ सदस्यीय सचिवको प्यानलमा भने सबै ओली पक्षकै उम्मेद्वार विजयी भएका छन् ।

नेकपा एमालेको .. महाधिवेशनबाट अध्यक्षमा केपी शर्माओली निर्वाचित भएका छन् । ओली एमालेको अ्रध्यक्षमा तेस्रो कार्यकालका लागि चुनिएका हुन् । पार्टीका वरिष्ठ उपाध्यक्ष ई्रश्वर पोखरेललाई ठूलो मतान्तरमा हराउँदै ओलीले ह्याट्रिक गरेका हुन् । ओली र पोखरेल प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए । 

अध्यक्ष ओलीपछिको शक्तिशाली महासचिवमा ओली प्यानलकै शंकर पोखरेल विजयी भएका छन् । पोखरेल यसअघि पनि महासचिव थिए । १९ सदस्यीय पदाधिकारीमा इश्वर प्यानलबाट दुई जना मात्र निर्वाचित भएका छन् । उपा्ध्यक्षमा गोकर्णराज विष्ट र उपमहासचिवमा योगेश भट्टराईले बाजी मारेका छन् । ९ सदस्यीय सचिवको प्यानलमा भने सबै ओली पक्षकै उम्मेद्वार विजयी भएका छन् ।

५ सदस्यीय उपाध्यक्षमा विष्टसँगै पृथ्वी सुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल र रघुजी पन्त निर्वाचित भएका छन् । ३ सदस्यीय उपमहासचिव पदमा भने भट्टराईसँगै लेखराज भट्ट र रघुवीर महासेठ विजयी भएका छन् । उपाध्यक्ष निर्वाचि बादल र उपमहासचिव निर्वाचित भट्ट माओवादी पृष्ठभुमिका हुन् ।

त्यसैगरि सचिवमा महेश बस्नेत, पद्मा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, ५। हिक्मत कुमार कार्की, खगराज अधिकारी, यमलाल कडेल, राजन भट्टराइ, र भानुभक्त ढकाल विजयी भएका छन् ।

अध्यक्ष (१)

• केपी शर्मा ओली : १६६३ (विजयी)

• ईश्वर पोखरेल : ५६४

उपाध्यक्ष (५)

• पृथ्वी सुब्बा गुरुङ : १७३७ (विजयी)

• विष्णु प्रसाद पौडेल : १६७५ (विजयी)

• रामबहादुर थापा ‘बादल’ : १५१६ (विजयी)

• गोकर्ण राज विष्ट : १३६८ (विजयी)

• रघुजी पन्त : १२५८ (बिजयी )

अन्य उम्मेदवार:

• गुरु बराल :११३७

• बिन्दा पाण्डे : ९२१

• परशुराम मेघी गुरुङ : ४६१

• अरुण नेपाल : ४३९

• टंक प्रसाद कार्की : ३५८

• भीमप्रसाद आचार्य : २६५

महासचिव (१)

• शंकर पोखरेल : १२२८ (विजयी)

• सुरेन्द्र प्रसाद पाण्डे : ९९९

उपमहासचिव (३)

• लेखराज भट्ट : १४५२ (विजयी)

• रघुवीर महासेठ : १३६८ (विजयी)

• योगेश भट्टराई : १३४८ (विजयी)

अन्य उम्मेदवार:

• विष्णु प्रसाद रिमाल : १०९१

• आनन्द प्रसाद पोखरेल : ६३५

• वैजनाथ चौधरी : ५१७

• राजेन्द्र प्रसाद गौतम : २७०

सचिव (९)

• महेश बस्नेत : १५४४ (विजयी)

• पद्मा कुमारी अर्याल : १५३० (विजयी)

• छविलाल विश्वकर्मा : १५०६ (विजयी)

• शेरधन राई : १५०३ (विजयी)

• खगराज अधिकारी : १२३१ (विजयी)

• हिक्मत कुमार कार्की : १३३७ (विजयी)

• यमलाल कँडेल : ११८५ (विजयी)

• राजन भट्टराई : ११८१ (विजयी)

• भानुभक्त ढकाल : ११०८ (विजयी)

अन्य उम्मेदवार:

• गोकुल प्रसाद बास्कोटा : १०३०

• ठाकुर प्रसाद गैरे : ८८३

• रचना खड्का : ८७७

• कर्णबहादुर थापा : ८४७

• अग्नि प्रसाद खरेल : ७१६

• विनोद प्रसाद ढकाल : ६८४

• कृष्ण गोपाल श्रेष्ठ : ६२५

• पेम्बा लामा : ४९३

• लाल बाबु पण्डित : ४९६

• इन्द्रलाल साप्कोटा : ४०५

• पुरुषोत्तम पौडेल : ४६२