निर्धन उत्थानद्धारा १२ प्रतिशत लाभांस घोषणा, बोनस र नगद दिँदै
अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरण नगरेको निर्धन उत्थानले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र चुक्ता पुँजीको करसहित ७ प्रतिशत नगद लाभांश दिने भएको हो ।
काठमाडौं । लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरण नगरेको निर्धन उत्थानले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ६ लाख ३ हजार ९८८ रुपैयाँ बराबर बोनस सेयर र चुक्ता पुँजीको करसहित ७ प्रतिशतले हुन आउने १८ करोड २८ लाख ४५ हजार ५८२ रुपैयाँ नगद लाभांश दिने भएको हो । संस्थाको चुक्ता पुँजी हाल २ अर्ब ६१ करोड २० लाख ७९ हजार रुपैयाँ छ ।