योजना आयोग उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सदस्यमा सुनिति हाडा
आयोग आउनुअघि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका श्रेष्ठ मौद्रिक अर्थशास्त्रीका रुपमा परिचित छन् । एमाले निकट भनेर हेरिएका श्रेष्ठलाई गभर्नरको उमेद्वारका रुपमा पनि हेरिएको थियो । तर, त्यतिबेला नेपाली कांग्रेस निकट अर्थशास्त्री डा. विश्वनाथ पौडेल गभर्नर बने ।
काठमाडौं । अर्थशास्त्री डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई उपाध्यक्ष नियुक्त गरेको हो । यसअघि केपी ओली प्रधानमन्त्री हुँदा श्रेष्ठ आयोगकै सदस्य थिए । ओलीको बहिर्गमनसँगै तत्कालिन उपाध्यक्ष र सदस्यहरु पनि बाहिरिएका थिए । आयोग आउनुअघि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका श्रेष्ठ मौद्रिक अर्थशास्त्रीका रुपमा परिचित छन् । एमाले निकट भनेर हेरिएका श्रेष्ठलाई गभर्नरको उमेद्वारका रुपमा पनि हेरिएको थियो । तर, त्यतिबेला नेपाली कांग्रेस निकट अर्थशास्त्री डा. विश्वनाथ पौडेल गभर्नर बने । गभर्नर नियुक्ती प्रक्रिया सुरु हुनुअघि श्रेष्ठले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, राजीनामा स्वीकृत नभएपछि गत जेठमा श्रेष्ठ ५८ वर्षे उमेरका कारण राष्ट्र बैंकबाट अवकाश भएका थिए ।
राष्ट्र बैंकमा क्रियासिल रहँदै विष्णु पौडेल अर्थमन्त्री हुँदा श्रेष्ठ अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार थिए । श्रेष्ठ २०५४ मंसिर २३ सहायक निर्देशक (सहायक अनुसन्धान अधिकृत) पदबाट राष्ट्र बैंक प्रवेश गरेका थिए । २०६२ मा उपनिर्देशक, २०७२ मा निर्देशक र २०७६ मा कार्यकारी निर्देशकमा बढुवा भएका श्रेष्ठ निर्देशक भएका बेला लुम्बिनी प्रदेशको योजना आयोगका उपाध्यक्ष भएका थिए ।