४ महिनामा सरकारी खातामा थपियो ७२ अर्ब मौज्दात
२०८२ असारमा १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ मौज्दात रहेको सरकारसँग चालु आर्थिक वर्ष २०८२र८३ को ४ महिना (कात्तिक) सम्म २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबर नगद मौज्दात छ ।
काठमाडौं । पछिल्लो ४ महिनामा सरकारी खातामा ७२ अर्ब रुपैयाँ थपिएको छ । २०८२ असारमा १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ मौज्दात रहेको सरकारसँग चालु आर्थिक वर्ष २०८२र८३ को ४ महिना (कात्तिक) सम्म २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबर नगद मौज्दात छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा ७२ अर्ब रुपैयाँभन्दा बढी मौज्दात बढेको देखिएको हो । यो मौज्दात संघ, प्रदेश र स्थानीय तहको नाममा रहेको छ ।