राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने- चुनावको मितिमा दायाँबायाँ नगरी सरकार निर्वाचनमा केन्द्रित होस्
राष्ट्रपति पौडेलले आइतबार शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीबाट राष्ट्रिय सुरक्षा परिषद्को ८औं वार्षिक प्रतिवेदन बुझ्दै चुनाव प्रभावित नुहने गरी काम गर्न सरकारलाई सुझाव दिएका हुन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेका लागि तय निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।
राष्ट्रपति पौडेलले आइतबार शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीबाट राष्ट्रिय सुरक्षा परिषद्को ८औं वार्षिक प्रतिवेदन बुझ्दै चुनाव प्रभावित नुहने गरी काम गर्न सरकारलाई सुझाव दिएका हुन् । राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीसमेत आकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रुपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे ।