गभर्नर पौडेललाई बर्खास्त गर्न जेन-जी युनाइटेडको माग, अर्थमन्त्रीलाई बुझायो कारणसहितको ज्ञापन पत्र

विज्ञापन
ncell

नेपाल राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको डिजाइनमा गभर्नर नियुक्त गरिएकाले तत्काल हटाएर ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न माग गरिएको छ ।

काठमाडौं । जेन-जी युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ । आइतबार बिहान अर्थमन्त्रालयमा जेन-जी युनाइटेडका संयोजक जनक परियारले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको डिजाइनमा गभर्नर नियुक्त गरेको दाबी गरिएको छ । त्यस्तै, सरकारले गठन गरेको सिफारिस समितिले अख्तियारीको दुरुपयोग गर्दै पौडेललाई सिफारिस गरेको भन्दै बताउँदै संयोजक परियारले पौडेललाई हटाएर ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न माग गरिएको छ ।