एचआईडिसिएलद्धारा साढे ३ प्रतिशत लाभांश घोषणा, त्यो पनि नगद र बोनसमा विभाजन

काठमाडाैं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत लाभांश घोषणा गरेको हो । घोषित लाभांशमध्ये १.५ प्रतिशत बोनस सेयर रहेको छ भने २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो ।

बैठकले पुस २१ गते सोमबार चौधौँ वार्षिक साधारणसभा बोलाउने र साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते बुकक्लोज गर्ने निर्णय पनि गरेको छ ।

कम्पनीकाे पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।