जीवन विकास लघुवित्तद्धारा १४.७३ प्रतिशत लाभांश घोषणा, बोनस कति ?
मंसिर २६ गतेको लघुवित्तको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको हो ।
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । मंसिर २६ गतेको लघुवित्तको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको हो । घोषित लाभांसमध्ये १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ) ०.७३६८ प्रतिशत नगद लाभांश रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ ।