सुनको मूल्य तोलामा ७ सयले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ५२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ५२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबारको तुलनामा २ सय रुपैयाँ घट्दा आइतबार तोलाको २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी २० रुपैयाँ घट्दै प्रति तोला ३ हजार ५८५ रुपैयाँ भएको छ । आइतबार बढेर प्रति तोला ३ हजार ६०५ रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४२०८.५७ डलर र चाँदी प्रतिऔंस ५७.९९ डलर छ ।