भक्तपुरको सम्पूर्ण फर्निचर उद्योग र काठमाडौंको इन्टेरियो डेकोरलाई ५०/५० हजार जरिबाना

विभागको अनुगमन टोलीले भक्तपुर नगरपालिका–१ को सम्पूर्ण फर्निचर उद्योग र काठमाडौं महानगरपालिका–१३ को इन्टेरियो डेकोर प्रालिलाई ५०/५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार ३ उद्योग तथा फर्मलाई जरिबाना तिराएको छ ।

बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ विपरीत कार्य गरेको भन्दै ती ३ उद्योग तथा फर्मलाई १ लाख १५ हजार रुपैयाँ जरिबाना गरेको हो ।

विभागको अनुगमन टोलीले भक्तपुर नगरपालिका–१ को सम्पूर्ण फर्निचर उद्योग र काठमाडौं महानगरपालिका–१३ को इन्टेरियो डेकोर प्रालिलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ट) बमोजिम कसुरमा सोही ऐनको दफा ३९ (१) (घ) बमोजिम जनही ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

त्यसैगरी नागार्जुन नगरपालिका–४ को शिव गौरी ट्रेडर्स प्रालिलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १५ र दफा ३८ (घ) बमोजिम कसुरमा सोही ऐनको दफा ३९ (१) (क) बमोजिम १५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।