प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनालाई पाँच दिन म्याद थप

ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा अनुसन्धान गर्नेक्रममा शेरचनसहित ३ जनालई सीआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो । यसअघि मंसिर १५ गते शेरचनसहित तीन जनालाई ५ दिन म्याद दिइएको थियो ।

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनालाई पाँच दिन म्याद थप गरेको छ । 

अदालतले सीईओ शेरचन, डिसीईओ पोख्रेल र सिसिओ रिवाज श्रेष्ठलाई थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको हो ।

ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा अनुसन्धान गर्नेक्रममा शेरचनसहित ३ जनालई सीआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो । 

शेरचन समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको दाबी सीआईबीको छ। । 

यसअघि मंसिर १५ गते पनि शेरचनसहित तीन जनालाई ५ दिन म्याद थप गरिएको थियो ।