एनआईसी एशिया बैंकका ग्राहकलाई लकर सेवामा पहिलो वर्ष १५ प्रतिशत छुट
बैंकका अनुसार यो विशेष छुट सुविधा मुलुकभरका १५० वटा बैंक शाखाहरुमा ग्राहकहरुको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ ।
निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकहरुले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्ने छन् ।
बैंकका अनुसार यो विशेष छुट सुविधा मुलुकभरका १५० वटा बैंक शाखाहरुमा ग्राहकहरुको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ । बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरुलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।