बालुवाटारमा सर्वपक्षीय बैठक, प्रधानमन्त्री, सरक्षा प्रमुख, निर्वाचन आयुक्त र राजनीतिक दलका नेताहरु सहभागी

बैठकमा प्रधानमन्त्री कार्कीसहित अन्य केही मन्त्रीहरु, प्रमुख पाँच राजनीतिक दलका दोस्रो तहका नेताहरु, निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त र अन्य आयुक्तहरु तथा तिनै सुरक्षा निकायका प्रमुखहरू सहभागि छन् ।

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सर्वपक्षीय बैठक सुरु भएको छ । आसन्न निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला काकीको आह्वानमा सुरु भएको वैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री कार्कीसहित अन्य केही मन्त्रीहरु, प्रमुख पाँच राजनीतिक दलका दोस्रो तहका नेताहरु, निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त र अन्य आयुक्तहरु तथा तिनै सुरक्षा निकायका प्रमुखहरू सहभागि छन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु सहभागी छन् । 


निर्वाचन आयोगबाट

कार्यवाहक प्रमुख आयुक्त, रामप्रसाद भण्डारी

आयुक्त, जानकीकुमारी तुलाधर

आयुक्त, सगुनशमशेर राणा

सचिव, महादेव पन्थ

सहसचिव, नारायण प्रसाद भट्टराई

सहसचिव, यज्ञप्रसाद भट्टराई

सहसचिव, राजेन्द्रकुमार केसी


दलहरूबाट

गगन थापा, पुष्पा भुसाल (नेकां)

शंकर पोखरेल, महेश बर्तौला (एमाले)

शक्ति बस्नेत, प्रकाश ज्वाला (नेकपा)

शिशिर खनाल, सोबिता गौतम (रास्वपा)

राजेन्द्र गुरुङ, भुवन पाठक (राप्रपा)

प्रकाश अधिकारी (जसपा नेपाल)

नरेन्द्र चौधरी (जनमत)


सरकारबाट

प्रधानमन्त्री सुशीला कार्की

अर्थमन्त्री रामेश्वर खनाल

गृहमन्त्री ओमप्रकाश अर्याल

कानुनमन्त्री अनिलकुमार सिन्हा

सञ्चारमन्त्री जगदीश खरेल


सुरक्षा निकायबाट

अशोकराज सिग्देल, प्रधानसेनापति

दानबहादुर कार्की, प्रहरी महानिरीक्षक

राजु अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक

टेकेन्द्र कार्की, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख