टाटा टियागो इभिमा आकर्षक अफर घोषणा, आइफोन १७ प्रो म्याक्स जित्नेदेखी बाली भ्रमणको अवसर
अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि, आइफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् ।
काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो इभिका लागि आकर्षक योजना सार्वजनिक गर्दै ‘ग्रेटेस अफर अझ अल टाइम’ अफर घोषणा गरेको छ ।
यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि, आइफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् । योजनामा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधाहरू समेटिएका छन् ।
