ठूला दरका भारु चलाउन भारतको अनुमति, नेपाल 'पर्ख र हेर' को अवस्थामा
ठूला दरका भारतीय नोट यात्रा गर्नेले नै बोकेर ल्याउन पाउने तर पठाउन भने नपाउने व्यवस्था आरबीआईले गरेको छ । यसअघि पनि ठूला दरका भारतीय नोट नेपाल ल्याउन पाइए पनि नेपालबाट भारतमा लैजान पाउने व्यवस्था थिएन ।
काठमाडौं । भारतले नेपालमा ठूला दरका नोट चलाउन अनुमति दिएको छ । आईसी नोट १ सय दरसम्मको मात्रै चलाउन दिएकोमा अब ५ सय र एक हजार र २ हजारको समेत नोट समेत चल्ने भएको हो ।
भारतीय रिजर्भ बैंकले भारतको केन्द्रीय राजपत्रमा सूचना प्रकाशन गर्दै नेपाल वा भुटानबाट भारत यात्रा गर्ने व्यक्तिले १०० भन्दा माथिका दरका नोटहरू कुल २५ हजार भारतीय रुपैयाँ (भारु) को सीमासम्म साथमा बोक्न सक्ने उल्लेख गरेको छ । सन् २०१६ मा नोटबन्दी हुनुअघि नेपालमा ५०० र १००० दरका भारतीय रुपैयाँको कारोबार हुँदै आएको थियो । तर अहिले भारतले गरेको १ हजारको नोट प्रकाशन बन्द गरेको २ हजारको नोट चलनचल्तीमा ल्याएको छ ।
ठूला दरका भारतीय नोट यात्रा गर्नेले नै बोकेर ल्याउन पाउने तर पठाउन भने नपाउने व्यवस्था आरबीआईले गरेको छ । यसअघि पनि ठूला दरका भारतीय नोट नेपाल ल्याउन पाइए पनि नेपालबाट भारतमा लैजान पाउने व्यवस्था थिएन ।
भारतले सन् २०१६ मा ठूला दरका भारु नोटबन्दी गरेको थियो । त्यसपछि ठूला दरका नोट नेपाल ल्याउन/लैजान बन्देज थियो । नेपालले पनि यहाँ रहेका ठूला दरका भारु सटही नदिएपछि नेपालले पनि १ सयभन्दा बढीका भारु चलनचल्तीमा बन्देज लगाएको थियो ।
भारतले लगाएको बन्देज खुलाए पनि नेपालका तर्फबाट भने निर्णय हुन बाँकी छ । त्यसका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेर नेपालमा ठूला दरका भारु पनि चलनचल्तीमा ल्याउन सकिने व्यवस्था गर्नुपर्छ ।
नेपालले पनि ठूला दरका भारु चलनचल्तीमा आउन दिएमा भारतबाट नेपाल आउने पर्यटक र नेपालबाट भारतमा काम गर्न जाने नेपालीलाई सहज हुने छ । भारतमा २०१६ मा गरिएको नोटबन्दी पछि १ सय दरका नोट मात्रै नेपाल ल्याउन पाइन्थ्यो । जसले गर्दा उनीहरु अफ्यारोमा थिए । भारतले २५ हजार भारुको सीमा निर्धारण गरेकाले धेरै मुद्रा बोकेर हिड्न भने अझै समस्या हुनेछ ।
२०१६ मा भारतले नोटबन्दी गर्दा नेपालमा रहेका ठूला दरका भारु फिर्ता लिएको छैन । त्यो समयमा बैंकिङ प्रणालीमा मात्र ५ करोड भारु थियो । त्यो नोट साट्न अझै पहल भई रहे पनि सम्भव भएको छैन ।