एनएमबि बैंकलाई दियो भिसा इन्टरनेशनलले ‘एक्सिलेन्स इन कमर्सियल कार्ड विजनेश’ अवार्ड

एनएमबिलाई व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बढाउन गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप एक्सिलेन्स इन कमर्सियल कार्ड विजनेश अवार्ड दिइएको हो ।

काठमाडौं । एनएमबि बैंकले ‘एक्सिलेन्स इन कमर्सियल कार्ड विजनेश’ अवार्ड प्राप्त गरेको छ । भिसा इन्टरनेशनलद्वारा हालै आयोजित ‘लिडरशिप कन्केल्भ नेपाल २०२५’ सम्मेलनमा एनएमबिलाई व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बढाउन गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप एक्सिलेन्स इन कमर्सियल कार्ड विजनेश अवार्ड दिइएको हो ।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।