चुच्चे नक्सा भएको १ सय रूपैयाँको नोट आजदेखि बजारमा (नोटको बिबरणसहित)

नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, मध्यभागमा नेपालको चुच्चे नक्सा रहेनछ ।

काठमाडौं । नेपाल राष्ट्र बैंक १०० रुपैयाँ दरका नोट प्रचलनमा ल्याउने भएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज मंसिर ११ गतेदेखि साविककै आकार तथा रङ्गमा १०० रूपैयाँ दरको बैंक नोट प्रचलनमा ल्याउने भएको हो । 


राष्ट्र बैंकका अनुसार सङ्केत नं. क२० ०००००१ देखि घ४० ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नोट चलनचल्तीमा ल्याउने भएको हो 

नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, मध्यभागमा नेपालको चुच्चे नक्सा रहेनछ ।

प्रकाशन भएका दस्तावेजहरू

6927cb37ae566_1764215607.pdf