कुमारी बैंक र बन्दिपुर केबलकार एण्ड टुरिजमबीच छुट प्रदान गर्ने सम्झौता
सम्झौताअनुसार बन्दिपुर केबलकार एण्ड टुरिजमबाट प्रदान गरी आएको सेवाहरूमा कुमारी बैंकका ग्राहकलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३ प्रतिशतसम्मको छुट दिइने छ ।
काठमाडौं– कुमारी बैंक र बन्दिपुर केबलकार एण्ड टुरिजमबीच बैंकका ग्राहकलाई केबलकारबाट प्रदान गरिने सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता बमोजिम बन्दिपुर केबलकार एण्ड टुरिजमबाट प्रदान गरी आएको सेवाहरूमा कुमारी बैंकका ग्राहकलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३ प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठबीच आइतबार छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
