वाणिज्य विभागद्धारा १४ कम्पनीलाई कारवाही, ठिमीको हलेसी मार्टलाई २ लाख जरिवाना (कसलाई कस्तो कारवाही)
काठमाडौं क्षेत्रपाटीको आई के सर्जिकल सप्लार्यलाई ५५ हजार रुपैयाँ २४ घण्टाभित्र बुझाउन निर्देशन दिएको छ भने मध्यपुर ठिमीको ओम शिव शक्ती सेरामीकलाई ५० हजार रुपैयाँ जरिवाना लगाएको छ ।
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार विभिन्न १४ वटा व्यवसायिक प्रतिष्ठानलाई कारवाही गरेको छ । विभागले मध्यपुर ठिमीको हलेसी मार्टलाई उपभोक्ता संरुषण ऐन, २०७५ विपरितको कार्य गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।
त्यसैगरि विभागले काठमाडौं क्षेत्रपाटीको आई के सर्जिकल सप्लार्यलाई ५५ हजार रुपैयाँ २४ घण्टाभित्र बुझाउन निर्देशन दिएको छ भने मध्यपुर ठिमीको ओम शिव शक्ती सेरामीकलाई ५० हजार रुपैयाँ जरिवाना लगाएको छ ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मंसीर ८ गते सोमबारका दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानका उद्योग तथा फर्महरुको अनगुमन निरिक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक सतर्कता नपाइएको भन्दै ति उद्योग तथा फर्महरुलाई सचेत गराउने देखी नगद जरिवाउने सम्मको कारवाही गरेको हो ।
विभागले अनुगमनको क्रममा आइतबार अर्घाखाँची सिमेन्ट र तिरूपति फुड प्रोसोसिङ इण्डस्ट्रिजलाई समान दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम दुई लाखदेखि तीन लाखसम्म जरिवाना गर्न सक्नेछन् ।
यस्तो कारवाहीको सूची