कम्पनीले वितरण गर्ने बोनसमा लाग्ने कर कम्पनीले तिर्नु पर्ने, लगानीकर्तालाई राहत

यसअघि कतिपय कम्पनीले बोनस सेयरमा कर सेयरधनी आँफैले तिर्नुपर्ने व्यवस्था लगानी व्यवस्था गर्दा साना लगानीकर्ताहरु मारमा परेका थिए । लामो समयदेखी लगानीर्काहरुले बोनस सेयर कर लगानीकर्ताबाट लिन नहुने र कम्पनीबाट मिलान हुने माग गर्दै आएका थिए ।

काठमाडौं । धितोपत्र बोर्डमा दर्ता रहेका सम्पूर्ण सङ्गठित संस्थाहरूले सेयरधनीलाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने भएको छ ।

सोमबार नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (दशौँ संशोधन) निर्देशिका, २०८२ मार्फत संस्थाले नै लाभांशबाट मिलान गर्ने व्यवस्थाका लागि निर्देशन दिएको हो । 'बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण सङ्गठित संस्थाहरूले सेयरधनीलाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ,' बोर्डले जारी गरेको संशोधित निर्देशिकामा भनिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा (७) थप गर्दै उक्त व्यवस्था गरिएको हो ।

यसअघि कतिपय कम्पनीले बोनस सेयरमा कर सेयरधनी आँफैले तिर्नुपर्ने व्यवस्था लगानी व्यवस्था गर्दा साना लगानीकर्ताहरु मारमा परेका थिए । लामो समयदेखी लगानीर्काहरुले बोनस सेयर कर लगानीकर्ताबाट लिन नहुने र कम्पनीबाट मिलान हुने माग गर्दै आएका थिए । बल्ल बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्दै कम्पनीले नै तिर्ने गरि लाभांस घोषणा गर्नुपर्ने व्यवस्था गरेको हो ।